सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

दिक्तेलबाट यात्रु लिएर काठमाण्डौ जादै गरेको बस सिन्धुलीमा दुर्घटना



दिक्तेलबाट यात्रु लिएर काठमाण्डौ जादै गरेको बस सिन्धुलीमा दुर्घटना

खोटाङ, साउन ३ । दिक्तेलबाट काठमाण्डौ जादै गरेको यात्रुबहाक बस दुर्घट्ना भएको छ । बिहीबार बिहान दिेक्तेलबाट छुटेको बा २ ख २५४० नम्बरको बस सिन्धुलीस्थित रातमाटामा बलेरो जीपसँग ठोकिएर दुर्घट्ना भएको हो ।

बस दुर्घट्नामा सहचालकको हात चुडिन लागेको सुनकोशी सगरमाथा यातायात प्रालिका कोटेश्वर काउण्टर ईन्चार्ज एकराज निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाको हात र अर्को एकजनाको खुट्टामा ठूलो चोट लागेको छ ।

घट्नाको बारेमा थप जानकारी आउन बाँकी रहेको छ । बसमा कतीजना यात्रु सवार थिए भन्ने बारे जानकारी आएको छैन । काठमाण्डौबाट घट्नास्थल तर्फ एक टोली त्यता लागेका छन् ।

प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology