डा.केसीको स्वास्थ्य अवस्था थप चिन्ताजनक

जुम्ला असार २६ ।  स्वास्थ्य क्षेत्रको सुधारका लागि पटकपटक अनशन बस्ने डा.गोविन्द केसीको स्वास्थ्य अवस्था यो पटक चिन्ताजनक बन्दै गएको छ । आफ्नो १५ औं पटकको अनशनक लागि जुम्ला रोजेका केसी विगत्त १० दिन देखि आमरण अनशनमा बसेका छन । उपचारमा संलग्न चिकित्सकका अनुसार केसीले अत्यावश्य औषधि समेत खान नमानेका कारण समस्या झन जटिल बन्दै गएको जनाएका छन । उनले मान्छेहरुसँग राम्रोसँग कुरा पनि गर्न सकिरहेका छैनन । संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर हेरचाह भइरहेको उपचारमा संलग्न डा.प्रवीणकुमार गिरीले बताए । उनले केसीको स्वास्थ्य दिनप्रतिदिन जटिल बन्दै गएको भन्दै जुनसुकै समयमा पनि आइसियु आवश्यक पर्न सक्ने भन्दै जुम्लामा आइसियु उपलब्ध नभएको जानकारि दिएका छन । आइतबारसम्म सामान्य बोलचाल गर्न सक्ने र सामान्य हिडडुल गर्न सक्ने केसी सोमबार देखि सिकिस्त भएका हुन ।