सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

बाँदर नियन्त्रण गर्न बजेट, युवालाई बाँदर समात्ने जागिर

  • प्रभाब न्युज
  • प्रदेश ६
  • प्रकाशित मिति : सोमवार, असार २५, २०७५


बाँदर नियन्त्रण गर्न बजेट, युवालाई बाँदर समात्ने जागिर

पर्वत – बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको छ । आजकोकान्तिपुरको पृष्ठ १४ मा यो समाचार छ ।

सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लाडि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिकाले जनाएको छ ।

बाँदर समात्न गाउँकै युवालाई अवसर दिइने छ । शुरुमा तालिम दिने र त्यसपछि बाँदर समात्ने जागिरमा लगाउने योजना गाउँपालिकाको छ ।

प्रकाशित मिति : सोमवार, असार २५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology