सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

खसीको भन्दै बाख्राको मासु बेचेपछि ………..

  • प्रभाब न्युज
  • प्रदेश १
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०७५


खसीको भन्दै बाख्राको मासु बेचेपछि ………..

मोरङ, जेठ १ – खसीको भन्दै बाख्राको मासु बेच्ने २ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
विराटनगरको बरगाछीस्थित श्याम मिट सेन्टरका संचालक ४२ वर्षीय श्याम थापा र उनको पसलमा कामदारको रुपमा कार्यरत ३७ वर्षीय मोहम्मद अकबरलाई प्रहरीले बरगाछीचोकमा रहेको पसलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसहित काट्न लागिएको बाख्रासमेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाका अनुसार, पसलको मुल ढोकामा ताल्चा लगाएर भित्र बाख्रा काटेर खुर्किदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ।

पक्राउ गरिएका बिरुद्ध कालोबजारी अन्तर्गत मुद्धा दर्ता गराएर कारवाही प्रक्रिया अघि बढाईने थापाले जानकारी दिनुभयो । विराटनगर क्षेत्रका अधिकांश मासु पसलेहरुले खसी भन्दै बाख्राको मासु बेच्ने गरेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology