दुवै हात नभएपछि खुट्टाले लेखेर परिक्षा दिंदै सम्झना

खोटाङ जेठ १ । खोटेहाङ गाउँपालिका वडा नम्बर –७ खोटाङबजारकी सम्झना राईको दुवै हात छैनन् । जन्मजात उनको दुवै हात नभएपछि खुट्टाले लेखेर पढाईको दौडानमा कक्षा ११ को परिक्षा दिंदैछीन् ।

भगवती दिनानाथ मावि खोटाङबजारमा अध्यनरत छात्रा सम्झना अहिले जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी मावि परिक्षा केन्द्रमा परिक्षा दिईरहेकी छिन् ।

सम्झनाको आर्थिक स्थिति न्यून रहेको भएपनि पढाईमा अव्वल रहेको चिसापानी माविका प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिनुभयो । “दुवै हात नभएपनि सम्झनाले खुट्टाको भरमा सम्पूर्ण काम गर्न सक्छिन्” राउतले भन्नुभयो ।

क्याप्सन  : खुट्टाले लेखेर परिक्षा दिंदै सम्झना । तस्विर :सौजन्य : रामबहादुर राउत