सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

जहाँ छोरीका लागि सम्भोग गर्ने घर बनाइदिन्छन् पिताहरु



जहाँ छोरीका लागि सम्भोग गर्ने घर बनाइदिन्छन् पिताहरु

दुनियामा ठाउँ अनुसारका बिहे परम्परा छन् र केही परम्परा यस्ता छन् जसले सबैलाई अचम्ममा पार्दछ । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।

कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा छ । उक्त आदिवासी समुदायका चेलीहरु विवाह पूर्वनै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् ।

छोरीहरुको सजिलोका लागि उनीहरुका बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । उक्त लभ हट अर्थात् प्रेम झुपडीमा अविवाहित छोरीहरु आफूले चाहेको युवकसँग रात बिताउन तथा सहवास गर्न समेत पाउँछन् । अभिभावकहरुले आफ्ना छोरीलाई विवाहपूर्व नै सम्बन्ध कायम गर्न उक्साउँछन् ।

किशोरावस्थाबाटै छोरीहरुले त्यस्तो स्वतन्त्रता प्राप्त गर्दछन् र बाउले बनाइदिएको प्रेम झुपडीमा धेरै भन्दा धेरै युवकहरुसँग प्रेम तथा सहवास गरी आफ्नो लागि उपयुक्त जिवनसाथी छनोट गर्दछन् ।

एजेन्सी

प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology