मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

पाँचथरमा मोटरसाईकल दुर्घटनामा एक व्यक्तिको मृत्यू

  • प्रभाब न्युज
  • समाज
  • प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५


पाँचथरमा मोटरसाईकल दुर्घटनामा एक व्यक्तिको मृत्यू

पाँचथर , बैशाख ३१ । पाँचथर सदरमुकाम फिदिममा मोटर साइकल कुदाइरहेका एक व्यक्तिको मृत्यू भएको छ । मृत्यु हुनेमा फिदिम २ निवासी ४० वर्षीय मिलन लावती रहेका छन् । गणतन्त्र चौक नजिकै युमा आर्ट सेन्टर सञ्चालन गर्दै आएका लावती मोटर साइकल कुदाँउदा कुदाँउदै गर्दा ज्यान गएको हो ।
सोमबार घरवाट मे ६ प ६९२५ नम्वरको मोटरसाइकल चढेर पसल आँउदै गरेका लावतीले चलाइरहेको गाडी अचानक अनियन्त्रित भएपछि उनी नजिकै रहेको सामना सुज सेन्टर अगाडी हुत्तिन पुगेका थिए । सामान्य अवस्थामा रहेका लावतीलाई तत्काल उठाएर अस्पताल लैजाँदै गर्दा वाटैमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मुटुको विरामी रहेका लावतीलाई मोटरसाइकल कुदाइरहेकै वेला समस्या आएर लडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology