सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

हलेसीमा माछापुच्छ्रे बैंकको शाखा सुचारु



हलेसीमा माछापुच्छ्रे बैंकको शाखा सुचारु

उत्तम चौलागाँई
काठमाण्डौं २९ बैशाख । खोटाङको धार्मिक तथा पर्यटकिय क्षेत्र हलेसीमा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा स्थापना भएको छ । स्थानीयको मागलाई ध्यानमा राखेर हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ हलेसी बजारमा सोमबार बैंकको शाखा स्थापना स्थापना भएको हो ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैकिङ सेवा सुचारु गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राई, बैंकका पूर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महत्व र बैंकका संचालक राममान श्रेष्ठले संयूक्तरुपमा बैंकको शाखा उद्धघाटन गरे ।

बैंकले धार्मिक तथा पर्यटकिय स्थल हलेसीमा आन्तरिक तथा बाह्रय पर्यटक र स्थानीयको सूविधाका लागि छिटो–छरितो सेवा उपलव्ध गराउँदै दैनिक सेवा सुरु गरेको हो । डिजिटल बैकिङ सूविधासहितको सेवा प्रदान गर्ने गरि बैंकको शाखा स्थापना गरेर संचालनमा ल्याईएको बैंकका साखा प्रबन्धक खगेन्द्र श्रेष्ठले जानकारी दिए ।

नयाँ प्रविधिसहितको ‘फुल प्लेज’को शाखा कार्यालय रहने बैंकले बताईएको छ । सेवा संचालनसंगै बैंकले उपभोक्तालाई रेमिट सेवा, पोस सर्भिस, एटिएमलगायतका अत्याधुनिक डिजिटल सर्भिसहरुसहितको सेवा सुचारु भएका छन् ।

बैंक स्थापना भएसंगै स्थानीयवासी हर्सित बनेका छन् । बैंकले २०७४ साल चैत्र मसान्तसम्ममा देशभरीबाट ६८ अर्व निक्षेप, ६२ अर्व कर्जा प्रवाहा र ८१ करोड मुनाफा गरेको छ ।

प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology