सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाईने !



सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाईने !

उत्तम चौलागाँई
खोटाङ, ३१ बैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभीत्र सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाईने भएको छ । स्थानीयद्धारा मापदण्ड पूरा नगरी नगरपालिकाभीत्रका विभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाईने भएको हो ।

नगरपालिकाभीत्रका विभिन्न ठाउँमा अतिक्रमण गरि घर तथा टहरा निर्माण कार्य पछिल्लो समयतीव्ररुपमा भएको भन्दै त्यसलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले नगर क्षेत्रभीत्र अतिक्रमण गरेर निर्माण गरिएका सवै घर तथा टहरा हटाउँने निर्णय गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रीजालले जानकारी दिनुभयो ।

उहाँले प्रभावन्यूज डटकमसंग कुरा गर्दै भन्नुभयो, “हामीले मापदण्ड मिचेर निर्माण गरेका घर तथा टहराहरुको लगत तयार गरेका छौं, उनिहरुलाई एक महिनाभीत्रमा घर तथा टहरा हटाउँनका लागि पत्रचार गरिएको छ, यदि तोकिएको समयमा नहटाए डोजर लगाएर हटाईनेछ ।”

मापदण्ड विपरित जग्गा अतिक्रमण गरी बनाईएका घरटहरा हटाएसँगै नगरपालिका व्यवस्थित बन्ने आशा गरिएको छ । दिक्तेलबजारभीत्र अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरासंगै मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–हलेसी सकड खण्डको अख्रौलेबजार, विजुले, नुनथला, मुडे, हुर्लुङलगायतका बजार तथा सडक आसपासमा मापदण्ड पूरा नगरि निर्माण गरिएका टहरा हटाउँने जनाईएको छ ।

यस्तै, मध्य पहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्याङ सडक खण्डका र वुईपा, पन्चरदोवाटोलगायतका ठाउँमा पनि लगत संकलन भएकोले त्यहाँ पनि निर्माण भएका घर तथा टहरा हटाईने नगरपालिकाले जनाएको छ ।

नगरलाई सुन्दर बनाउँदै सार्वजनिक सम्पतिको रक्षाका निम्ति नगरपालिका घर तथा टहरा हटाउँने सन्दर्भमा कुनै पनि हालतमा कसैसंग ‘कम्परमाईज’ नहुँने नगर प्रमुख रीजालको भनाई छ ।

यसअघि धार्मिक तथा पर्यटकिय क्षेत्र हलेसी आसपासमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका टहराहरु हलेसी तुवाचुङ नगरपालिकाले डोजर लगाएर हटाएको थियो । हलेसीको पर्यटन प्रवद्र्धनमा अतिक्रमित घर तथा टहरा बाधककारुपमा देखिएपछि ८० भन्दा बढी टहरा हटाएको थियो ।

प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology