पत्रकार उत्तम चौलागाँई उद्योग बाणिज्य पत्रकारिता पुरस्कारबाट सम्मानित

खोटाङ, २९ बैशाख : पत्रकार उत्तम चौलागाँई उद्योग बाणिज्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । खोटाङ उद्योग बाणिज्य संघको नवौं वार्षिक साधारण सभाको अवशरमा सनिबार जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको कार्यक्रममा चौलागाँई बाणिज्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

खोटाङ जिल्लाको उद्योग तथा बाणिज्य क्षेत्रसंगै बृहत्तर बिकासको लागि चौलागाँईले निष्पक्षरुपमा कलम चलाएको भन्दै पाँचहजार एक रुपैंयाको साथमा सम्मान पत्र प्रदान गरिएको छ ।

जिल्लाका क्रियाशिल पत्रकारहरुमध्येबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदैं यस वर्ष चौलागाँईलाई उद्योग बाणिज्य पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए । चौलागाँईलाई जिल्ला समन्वय समितिका प्रमुख ववी चामलीङले नगद र सम्मान पत्र प्रदान गरेका छन् ।

चौलागाँईले उद्योग बाणिज्यको बिकासका लागि अहोरात्र कलम चलाएको जनाईएको छ । चौलागाँईले जिल्लामा रहेर लामो समयदेखि निरन्तर कलम चलाईरहेका छन् । चौलागाँई कारोबार राष्ट्रिय दैनिकमा आवद्ध छन् ।

यस्तै, उनि हलेसी एफएम खोटाङका स्टेशन म्यानेजर, प्रभाव न्युज डटकमका प्रकाशक सम्पादक रहेका छन् । चौलागाँई नेपाली रेडियो नेटवर्क, न्युज २४ टिभि, मकालु टेलिभिजन, त्रियूगा एक्सप्रेस दैनिकलगायतमा आवद्ध छन् । चौलागाँई नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सचिव पनि हुन् ।

क्याप्सन : जिल्ला समन्वय समितिका प्रमुख ववी चामलीङ र उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुद्धारा चौलागाँईलाई सम्मान पत्र प्रदान गर्दै । तस्विर : प्रभाव न्युज