आगोलागी हुँदा एकै घरमा बस्दै आएका तीन दाजुभाईको परिवार विस्थापित !

खोटाङ, बैसाख २८ । आगलागी हुँदा खोटाङमा एकै घरमा बस्दै आएका तीन दाजुभाईको परिवार विस्थापित भएका छन् । खाना पकाएपछि ओज्याएर छाडेको आगोले खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका जेठो देवबहादुर बिष्ट, साईलो रञ्जन बिष्ट र कान्छो सुजन बिष्ट बसोबास गर्दै आएको घर जलेर नष्ट भएको हो । छुट्टिए पनि बिष्ट दाजुभाई एउटै घरको अलग–अलग कोठामा बस्दै आएका ईन्द्रेणीपोखरीका वडाध्यक्ष देबेन्द्र राईले बताउँनुभयो ।

बिहिबार बेलुका रञ्जनको अगेनाबाट सुरु भएको आगेले घर जल्दा तीन दाजुभाईका १२ जना बिस्थापित भएका छन् । बिस्थापित परिवार भूकम्पमा पाएको त्रिपाल टाँगेर बसिरहेको वडाध्यक्ष राईले बताए ।

अग्नी पिडित सुजन बिष्टका अनुशार हालसम्म अग्नी पिडितलाई कसैले राहत दिएका छैनन् । आगोमा देवबहादुरको ४ लाख ५४ हजार, रञ्जनको साँढे ४ लाख ३ हजार र सुजनको ४ लाख ३० हजार बराबरको क्षती भएको प्रहरीचौकी सिमपानीले जनाएको छ ।