मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

कृषि क्षेत्रबाटै दिप्रुङ-चुईचुम्मा गाउँपालिका समृद्धितर्फ  : अमृत गिरी

  • प्रभाब न्युज
  • अन्तरबार्ता
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०७५


कृषि क्षेत्रबाटै दिप्रुङ-चुईचुम्मा गाउँपालिका समृद्धितर्फ  : अमृत गिरी

दिप्रुङ–चुईचुम्मा गाउँपालिकालाई कृषि क्षेत्रबाट समृद्धितर्फ लैजानका लागि आवश्यक कामहरु भईरहेका छन् । भौगोलिकरुपमा उत्पादनको पटक क्षेत्रकारुपमा रहेको उक्त गाउँपालिकामा पकेट क्षेत्र र प्याकेज रणनीतिको माध्यमबाट उत्पादनमुखी कृषि प्रणालीलाई जोड दिंदै निर्वाहामुखी कृषि पेशालाई आगामी दिनमा व्यवसायिक बनाउँका लागि गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुले आवश्यक कार्यक्रमहरु संचालन गरिहेको बुझ्नमा आएको छ । यसै विषयमा केन्द्रित रहेर दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नम्बर –५ स–छितापोखरीका वडा सदस्य अमृत गिरीसंग प्रभाव न्युज डटकमले गरेको कुराकानी प्रस्तुत छ : 

 

कृषि क्षेत्रलाई समृद्ध बनाउँन नीतिगत कार्यक्रमहरु कस्ता रहेका छन् गाउँपालिकामा ?

हामीले कृषि सम्बन्धी विशेष गरेर नीतिगत रुपमै कार्यक्रम तय गरेका छौं । यस दिप्रुङ चुईचुम्मा गाउँपालिकाको नीति तथा कार्यक्रम सवैभन्दा पहिले हामीले तय गर्दै गर्दा यस गाउँपालिकाको नीति तथा कार्यक्रममा नै हामीले कृषिमा विशेष जोड गरेर कृषिको आधुनिक खेतितर्फ उन्मुख गराउँनका लागि परम्परागत खेतीपातीलाई न्यूनिकरण गर्दै आधुनिक खेती तिर उन्मुख गराउँने अनि त्यसैगरि यूवा उद्यमलाई बढी प्राथामिकतामा राख्ने र बैदेशकि रोजगारबाट फर्किएकाहरुलाई यूवा उद्यमीको रुपमा विकास गर्ने भनेर हामीले नीतिगत कार्यक्रमहरु तय गरेका छौं । त्यसका लागि पनि हामीले गाउँ पालिका र नीजि संस्था हेलमेटास स्वीस संस्थाबाट बजेट विनीयोजन गरेर मोटामोटी हामीले कृषिको लागि एक करोड १० लाख को कार्यक्रम बनाएर अहिले हामी कार्यन्वयनको चरणमा छौं ।

त्यस पालिकाका सवैलाई आत्मानिर्भर बनाउलाई लागि पर्नु भएको रहेछ, त्यसको प्रगति चाँही कस्तो छ ?

विशेष गरेर यूवाहरुलाई कृषि क्षेत्रमा लक्षित गरेर ‘प्रपोजल’हरु माग गरेका छौं, त्यो ‘प्रपोजल’ गाउँपालिकामा करिव दुई अढाई सयको हाराहारीमा आएका छन् । कृषिमा धेरै जसो यूवाहरुमा लक्षित भएर तथा लाभान्दीत भएर लाग्ने तयारीका साथ उहाँहरुले आफ्नो ‘प्रपोजल’ तयार गरेर आउँनुभएको छ । विशेष गरेर परम्परागत खेति प्रणालीलाई भन्दा पनि आधुनिक खेती प्रणालीमा लैजानका लागि पकेट क्षेत्र तोेकेर जस्तो, अलैचीका लागि, अकबरे खोसार्नीका लागि अदुवा, कागती, सुन्तलता तथा तरकारी खेतीका लागि र अन्य क्षेत्रहरु बाख्रा पालन, कुखुरा पालन, रागा, सुङुर पालन, मौरी पालन लगायतका कृषि सम्बन्धी विविध क्षेत्रमा विशेष प्याकेज बनाएर उनिहरुलाई प्रोत्साहन दिने तयारी गरेका छौं । कृषिमा आवद्ध प्रावधिकहरुको सहयोगमा अहिले गाउँपालिकामा पकेट क्षेत्र तोकिरहेका छौं ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई कृषि क्षेत्रबाट उत्कृष्ट बनाउँनका लागि तपाईहरुको पहल के भईरहेको छ ?

हो हामीले कृषिमा लगानी मात्रै होईन, कृषकहरुले गरेको उत्पादनलाई बजारसम्म पु¥याउँनका लागि हाम्रो विषेश ध्यान केन्द्रित भएको छ । बजारको व्यवस्थापन उत्पादित बस्तुलाई बजारसम्म पु-याउँनका लागि यातायातको लगायतका व्यवस्थामा गाउँपालिका लागिरहेको छ ।
पटके क्षेत्र प्याकेज रणनीति लागु गर्दै कृषकहरुलाई प्रोत्साहनको लागि केहि सुविधाको व्ववस्थापन गर्नुभएको छ की छैन ? तपाईको वडामा ?
हामीले अगुवा कृषकहरुको भेला राखेका छौं र अगुवा कृषकहरुको भेलामार्फत उहाँहरुसंग छलफल गरेर लगानी के मा गर्दा उपयूक्त हुन्छ के खति गर्दा गाउँपालिकालाई चाँडो प्रतिफल प्राप्त हुन्छ, र कृषकहरु विशेष गरेर लाभान्वीत हुन्छन भन्ने विषयमा हामीले दुई तीन चरणमा छलफल गरेका छौं ।

कृषी क्षेत्रलाई उकास्नका लागि सिंचाई अनिवार्य हो, सिंचाईको व्यवस्थापन गर्नुभएको छ कि छैन ?

कृषि क्षेत्रलाई उकास्नका यस आर्थिक वर्षका लागि गाउँपालिकामा १ करोड १० लाख बजेट थियो । उक्त रकमबाट हामीले साना सिंचाई निर्माणका कार्यहरु अगाडी बढाएका छौं । हामीले जहाँ–जहाँ पानीको अभाव छ जहाँ सुख्खाग्रस्त क्षेत्रहरु छन्, पालिका भीत्र त्यस्ता ठाँउमा प्लास्टिक पोखरीको व्यवस्था पनि गरेका छौं । कृषकहरुलाई हामी विशेषत् प्लास्टिक पोखरी बनाउँन लगाएर उनिहरुले प्रयोग गरेको पानीलाई तरकारी खेतीमा लगाउँने विद्यि र प्रविधिको बारेमा छलपल गराएर त्यसलाई अघि बढाईरहेका छौं र हामीले सिंचाईको प्रवन्ध मिलाउँने काम पनि निरन्तर गरिरहेका छौं ।
अन्त्यमा
गाउँपालिकाको नीति तथा कार्यक्रम नै कृषिमा प्रवर्धन गरिएन भने, कृषिलाई परिमर्जन गरिएन भने कृषिलाई आधुनिक गर्न सकिएन भने गाउँपालिकालाई समृद्धितर्फ लैजान सकिदैन भन्ने ठम्याई राख्दै हामी अगाडी बढीरहेका छौं । र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका र यहाँका सवै वडाहरुलाई कृषि क्षेत्रबाटै समृद्धितर्फ लैजाना लागि हामी लागि परिरहेका छौं ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology