सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

बिद्युत प्राधिकरणको लापरवाही : चार दिनदेखि तीन जिल्ला अन्धकार



बिद्युत प्राधिकरणको लापरवाही : चार दिनदेखि तीन जिल्ला अन्धकार

खोटाङ, बैशाख २८ । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा खोटाङको लापरवाही र ढिलासुस्तिका कारण तीन जिल्ला चार दिनदेखि अन्धकार भएका छन् ।

कारण ३३ केभी विद्युत प्रशारण लाईनमा खरावी आएपछि खोटाङ ओखलढुङगा र सोलुखुम्बु जिल्ला अन्धकार भएका हुन् । । उदयपुर गाईघाटस्थित चप्पनखोलामा हावाहुरीले रुख ढालेको कारण बक्ती अवरुद्ध भएको जनाउँदै आएको प्राधिकरणले हालसम्म फल्ड पक्ता नलागेको भन्दै काममा ढिलासुस्ति गरिरहेको जनाईएको छ ।

गत सोमबार रातिदेखि अवरुद्ध भएको विद्युतको अझै फल्ड पक्ता नलागेको र खोजीकार्य भईरहेको नेपाल बिद्युत प्राधिकरण जिल्ला शाखा खोटाङका प्राविधिक धुव्र अधिकारीले जानकारी दिए । विद्युत अवरुद्ध भएसंगै विद्युतका माध्यमबाट दिईने सेवा सुविधा पूर्णरुपमा बन्द भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology