मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

 बिद्युत अवरुद्ध भएसंगै तीन जिल्ला अन्धकार



 बिद्युत अवरुद्ध भएसंगै तीन जिल्ला अन्धकार

खोटाङ, बैशाख २८ । ३३ केभी विद्युत प्रशारण लाईनमा खरावी आएपछि खोटाङ ओखलढुङगा र सोलुखुम्बु जिल्ला अन्धकार भएको छ । उदयपुर गाईघाटस्थित चप्पनखोलामा रुख हावाहुरीले ढालेका कारण बक्ती अवरुद्ध हुँदा तीन दिनदेखि उक्त जिल्लाहरु अन्धकार भएको हो ।

पानीसंगै आएको हावाहुरीका कारण सोमबार रातिदेखि अवरुद्ध भएको विद्युतको अझै फल्ड पक्ता नलागेको र खोजीकार्य भईरहेको नेपाल बिद्युत प्राधिकरण जिल्ला शाखा खोटाङका प्राविधिक धुव्र अधिकारीले जानकारी दिनुभयो ।

फल्ड पक्ता नलागेका कारण र रुखहरु धैरै ठाउँमा ढलेका कारण अझै केहि दिन बिद्युत अवरुद्ध हुने सम्भावना रहेको अधिकारीको भनाई छ । बिद्युतमा भएको फल्ड पक्ता लगाउँन प्राबिधिक टोलि परिचालन भईरहेको कार्यालयको भनाई छ । विद्युत अवरुद्ध भएसंगै विद्युतका माध्यमबाट दिईने सेवा सुविधा पूर्णरुपमा बन्द भएका छन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology