यी दानवीरहरु जसले दिप्रुङ-चुईचुम्मा गाउँपालिका भवन निर्माणका लागि नि:शुल्क जग्गा हस्तान्तरण गरे !

?

उत्तम चौलागाँई
खोटाङ, २४ बैशाख । खोटाङको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएको छ । दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ स्थित याङसोलाटारमा गाउँपालिका भवन निर्माणका लागि ७ रोपनी ८ आना निःशुल्क जग्गा प्राप्त भएको हो ।

दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ का होमप्रसाद राई सोही स्थानका हर्कराज राई, भविन्द्र राई र ईन्द्रप्रकाश राईले सोमबार जिल्ला मालपोत कार्यालय दिक्तेलमा आएर आफ्नो नाममा रहेको जग्गा गाउँपालिकाको नाममा पास गराई दिएका छन् ।

गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गादाता भविन्द्र राईले १ रोपनी ८ आना, ईन्द्रप्रकाश राईले १ रोपनी ८ आना,हर्कराज राईले ३ रोपनी र होमप्रसाद राईले १ रोपनी ८ आना जग्गा उपलव्ध गराएर मालपोत कार्यालयमार्फत गाउँपालिकाको नाममा नाम सारि गरिदिएको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।

जग्गादाताहरुले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गराएर गाउँपालिकाका प्रमुख भूपेन्द्र राई र उपप्रमुख सपना राईलाई लालपूर्जा हस्तान्तरण गरेका छन् ।

जग्गादाताहरुबाट निशुल्क जग्गा प्राप्त भएसंगै तत्काल गाउँपालिका निर्माणको काम थालिने प्रमुख राईको भनाई छ । पन्चमीबजारमा तोकिएको अस्थाई गाउँपालिकाको कार्यालयलाई गत चैत्र १४ गते याङ्सोलाटारमा रहने गरि राज पत्रमामा प्रकाशित भएपछि गाउँपालिकालाई पूर्णरुपमा याङ्सोलाटार सारिएको थियो ।

याङ्सोलाटारमा खानेपानी, सडकलगायतका भौतिक पूर्वाधार निर्माणार्थ अवस्थामा भएपनि भवन नहुँदा सेवा प्रवाहामा समस्या भएको छ ।

क्याप्सन : लालपूर्जा हस्तान्तरण गर्दै बाँयाबाट क्रमश जग्गादाता र लालपूर्जा ग्रहण गर्दै दाँयामा गाउँपालिका प्रमखु र उपप्रमुख । तस्विर : उत्तम चौलागाँई/खोटाङ