सुनकोशि नदि आसपासमा बेपत्ता तीन बालबालीकाको खोजी कार्य जारी !

खोटाङ २४ बैशाख । खोटाङमा तीन बालबालीका बेपत्ता भएका छन् । बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका तीनजना बालक बेपत्ता बनका छन् ।

बरहापोखरी गाउँपालिका–सुन्तले धाप्लाङका धन बहादुर श्रेष्ठको १२ वर्षीय छोरा शुबन श्रेष्ठ, १० वर्षीय छोरा सविन माझी र धु्रब माझीका ११ वर्षीय छोरी अनिता माझी गत शनिबारदेखि बेपत्ता भएका छन् । ती बालबालीका नजिकै सुनकोशी नदी रहेकोले नदिमा डुबेको हुन सकने अनुमान गरिएको छ ।

बाख्रा चराउन सुनकोशी नदी किनारमा गएका बालवालिकाको स्थानियले खोजतलास गर्दा नभेटिएपछि बालबालिका बेपत्ता बनेको जानकारी आएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।

बेपत्ता बालबालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय चिसापानीका टोली खटाईएको छ । घट्ना बिकट स्थानमा भएकाले विस्तृत जानकारी आउन बाँकी छ । स्थानीय तथा आफन्तले खोजतलास गर्दा बेपत्ता बालबालिका नभेटिए पछि सुनकोशी नदीले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।