सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाली सेनाले उचाल्यो



अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाली सेनाले उचाल्यो

खोटाङ, २२ बैशाख   । दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी बिभागीय टम नेपाली सेनाले उचालेको छ । ९ स्वर्ण ५ रजत २ कास्य लिएर नेपाली सेना टिम प्रथम भएको हो ।

खोटाङको सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा गत बिहीबारदेखी जारी प्रतियोगितामा २ स्वर्ण ४ रजत ५ कास्य लिएर पाहुना टोली भारत दोश्रो र १ कास्यदैं श्रीलंका तेश्रो भएको छ ।

पुरुष एकलकातामा डम्बर बहादुर आले मगर , ४० केजी तौल समुह महिला कुमितेमा स्वनिम मानन्धर, ४० केजी तौल समुह महिला कुमितेमा बुद्ध लक्ष्मी तामाङ, ४५ केजी तौल समुह पुरुष कुमितेमा साजन मोक्तान, ४५ केजी तौल समुह महिला कुमितेमा कुशुम खड्का, ६१ केजी तौल समुह कुमितेमा सम्झना घिसिङ, ६८ केजी तौल समुह महिला कुमितेमा विभूषा थापा, महिला टिमकाता र पुरुष टिमकातागरी नेपाली सेनाले ९ स्वर्ण जितेको थियो ।

सेनाकै ५० केजी तौल समुह पुरुष कुमितेमा आकाश पल, ६० केजी तौल समुह पुरुष कुमितेमा राकेश लामा, ७५ केजी तौल समुह पुरुष कुमितेमा सुवास घताने, ५० केजी तौल समुह महिला कुमितेमा मिस्ली श्रेष्ठ र एकलकाता पुरुषमा कर्मा लामाले ५ रजत तथा ५५ केजी तौल समुह महिला कुमितेमा रिना श्रेष्ठ र ६७ केजी तौल समुह पुरुष कुमितेमा रिशेक मानन्धरले २ कास्य हात पारेको थियो ।

पाहुना टिम भारतको महिला एकलकातामा भन्सीका तन्वार र ५० केजी तौल समुह महिला कुमितेमा अर्पणा चाहानले दुई स्वर्ण हात पारेको छ । ५५ केजी तौल समुह पुरुष कुमितेमा एचगीत चन्द्र, ५४ केजी तौल समुह महिला कुमितेमा मैवु साइकिया, ५५ केजी तौल समुह महिला कुमितेमा जुनुमूनि र महिला टिमकातागरी ४ रजत र पुरुष एकलकातामा चमन दत्तरे, ५० केजी तौल समुह पुरुष कुमितेमा एल मोल्सन, ६१ केजी तौल समुह कुमितेमा ब्युटी र ६९ केजी तौल समुह महिला कुमितेमा इरिनी लाल्चाभिमिले ५ कास्य जितेको थियो ।

तेश्रो टिम श्रीलंकाको आरएम आईजी पार्थायाकेले ६१ केजी तौल समुह महिला कुमितेमा १ कास्य लिएकी हुन् । बिजयी प्रथम टिमले ७० हजार, दोश्रोले ३५ हजार र तेश्रोले २५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology