मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

पत्रकार महासंघ १ नम्बर प्रदेशको निर्वाचनमा खोटाङबाट ३५ मत खस्यो



पत्रकार महासंघ १ नम्बर प्रदेशको निर्वाचनमा खोटाङबाट ३५ मत खस्यो

खोटाङ, बैसाख २२ । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशको निर्वाचनमा खोटाङबाट ३५ मत खसेको छ । कुल ३७ मतदाता रहेको जिल्लाबाट प्रदेशसभाको निर्वाचनमा २ मतदाता अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा प्रदेश नम्बर १ का अध्यक्षका उम्मेदवार बिक्रम लुइटेलको पक्षमा ३५ मत र गोपाल देवानकोपक्षमा १ मत खसेको छ । यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेलीको पक्षमा ३५, बिजय खतिवडाको पक्षमा १, महिला उपाध्यक्ष स्मीता निरौलाको पक्षमा ३१ र मनिता चामलीङको पक्षमा ५ मत खसेको मूख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले बताए ।

महासचिवका उम्मेद्वार बिबेक गौतमको पक्षमा ३६ मत र कमन देवानकोपक्षमा शुन्य, सचिवका उम्मेद्वार बुद्धबीर राईकोपक्षमा ३६ र सन्तबीर लामाकोपक्षमा शुन्य मत खसेको छ ।

बरिष्ठ पत्रकार आचार्य प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिमा अधिबक्ता नारायणदास राई र पत्रकार सुनिता मगरले निर्वाचन अधिकारीको भूमीका निर्वाह गरेका थिए । केन्द्रीय प्रतिनिधि गणेश निरौलाको उपस्थितिमा दिक्तेलको भवनगैरास्थित होटल श्रेष्ठमा मतदान गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology