मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

खोटाङमा यातायात बन्द गर्दै हिड्ने अध्यक्ष सहित चार पदाधिकारी पक्राउ



खोटाङमा यातायात बन्द गर्दै हिड्ने अध्यक्ष सहित चार पदाधिकारी पक्राउ

खोटाङ, बैसाख २१ : यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पदाधिकारीलाई पक्राउ गरेको छ ।

सिण्डकेट खारेज गर्ने सरकारको निर्णय बिरुद्ध जिल्लामा यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले स्थानीय प्रशासनको निर्देशनमा यातायात व्यवसायी संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव रामकुमार हिङमाङ र सल्लाहकार बुद्धिबिनोद लुइटेललाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ गरिएका यातायात व्यवसायी संघका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।

यातायात व्यवसायीलाई नियन्त्रणमा लिए पनि जिल्लामा यातायातका सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा बिरामी तथा आकस्मिक कामका लागि यात्रा गर्ने स्थानीय मारमा परेका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २१, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology