मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको कार्यकाल समिक्षा :



खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको कार्यकाल समिक्षा :

खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीलाई नेपाल सरकारले कार्य कुशलताको उच्च प्रशंसा गर्दै गृहमन्त्रालयमा बोलाएपछि जिल्लाबाट विदा भएर काठमाण्डौं आउँनुभएको छ ।

२०७४ साल भदौ १९ गतेबाट खोटाङमा प्रजिअको रुपमा रहनुभएका उहाँले करीब आठ महिना अवधिभित्र जिल्लाका विकासको लागि विविध कार्य गर्नुभएको छ ।

प्रस्तुत छ, प्रमुख जिल्ला अधिकारी श्री एकदेव अधिकारीको कार्यकाल समिक्षा  : जस्ताको तस्तै । (प्रभाव न्युज डटकम )

खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीका कार्यकाल समिक्षा

१. स्थानीय तहको गठन भईसकेको अवस्थामा लामो समयदेखि रोकिएर रहेको कर्मचारी
व्यवस्थापन गरेको ।

२. स्थानीय प्रशासन,सुरक्षा निकायहरु र अन्य सरोकारवालाहरुसग समन्वय गरी शान्तिपूर्ण रुपमा
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गरेको ।

३. यस अवधिमा शान्ति सुरक्षाको अवस्था स्थीर र सामान्य रहेको कुनै उल्लेख्य घटना नभएको

. सेवा प्रवाहामा शुसासन

सेवा अभभयानः एकीकृत घुम्ति सेवा शिवर सन्चालनको कार्यक्रम तयार गरी स्थानीय सरकारबाट स्वीकृत गराई हाल सम्म ६ वटा पालिकामा सो कार्यक्रम सम्पन्न भई सकेको र यहि बैशाख महिनाभीत्रमा एसेलुखर्क र र रावाबेंशी गाउँपालिकामा सो कार्यक्र सम्पन्न हुने र यसबाट अनुमाननत ३००० भन्दा बढी सेवाग्राहीहरुले घरदैलोमा सेवा प्राप्त गरेको ।

आधारभुत नागरिक सेवा सार्वजनिक निकायवाट प्रदान गरिने सेवाहरु) प्रवाहलाई चुस्त दुरुस्त वनाउन कार्यालय अनुगमन छडके निरिक्षण तथा गुनासो सुनुवाईलाई  प्रभावकारी बनाएको साथै शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ पालना
गराईएको ।

सवै सर्वाजनिक निकायमा सूचना अधिकारीहरु तोक्ने व्यवस्था कायन्वयन गरेको ।

भ्रष्टाचारजन्य मुद्दाहरुका कारवाहीहरु अग्रिम कारवाहीका लागि सम्बन्धित निकायमा प्रथामिकताका साथ पठाईएको ।

मध्यपहाडी लोकमार्ग निर्माण, दुधकोशी पूल निर्माण, साप्सुखोला रेग्मीटार पूल निर्माण आयोजनाका साथै अन्य बिकासे आयोजनाहरुको निर्माणमा भइरहेको ढिलाईलाई निरन्तर निगरानी (फलोअप)तथा प्रारराम्भीक
कारवाहीका कामहरु शुरुवात गरेको ।

खोटाङ जिल्लाबाट तराईका विभिन्न जिल्लाहरुमा यातायात संचालनका लागि व्यवसायीहरुसं समन्वय भई सो कार्य सम्पन्न गरेको ।

यातायात क्षेत्रसंग सम्बन्धित अन्य कार्यहरुः एम्वुलेन्सको भाडा दर आफुखुशी भएकोम सुस्ततलाई मापदण्ड निर्माण गरि निश्चित दर निर्धारण, काउन्टरहरु एकककृत गर्ने ।

आन्तरिक रुट सिफारिस तथा भाडा समायोजन व्यवसायी समितिहरुको वीचमा समन्वय, काउन्टर स्टाफहरुलाई नियूति तथा परिचय पत्रको व्यवस्था आरम्भ ।

सडकमा रहेका पुराना सवारीहरु हटाउने आदि सूधारका लागि व्यवसायीहरुसग निरन्तर समन्वय भएको ।

५. स्थानीय सरकारहरुसँगको समन्वयसमा भएका कामहरु :

क. सार्वजनिक जग्गा अतिक्रमणलाई हटाउने कार्य आरम्भ गरिएको (हलेसी बजार तथा
सडक क्षेत्र)

ख. नगर सर सफाई ट्राकफक व्यवस्थापन तथा बजार व्यवस्थापन (दिक्तेल तथा हलेसीबजार महादेवस्थान क्षेत्र)

ग. पालिकाका केन्द्रहरु तोक्ने सन्दर्भमा (दिप्रुङ रावावेशी बराहापोखरी, खोटेहाङ) मा देखिएका विवाद तथा सुरक्षा चुनौतिहरको सामायिक विश्लेषण गरि भरपदो सुरक्षा ब्यवस्था
मिलाएको ।

६. विपद व्यवस्थापन : आगलागी तथा अन्य विपदका घटनाहरुको जोखिम न्यूनिकरणका लागि स्थानीय सरकार रेडक्रस सोसाईटी शान्ति तथा सन्चार क्षेत्रसगको समन्वयमा चतेनामूलक कायक्रम सन्चालन भएका तथा राहत र उद्धारका समयमा नै सम्पन्न भएका ।

चट्याङ र आगलागीमा परी मत्युबरण गर्नुभएका व्यक्तिहरुका लागि गृह मन्त्रालयबाट प्रतिव्यक्ति एब लाख निकासा गराई भुक्तानीको प्रकृया शुरु भएको ।

७. उपभोक्ता हित संरक्षण तथा बजार नियमन :
क.खोटाङ जिल्लाका मुख्य मुख्य बजार क्षेत्रमा उपभोग्य बस्तु तथा अन्य आवश्यक सेवाहरुको आपूर्ती नियमनका लागि आकस्मिक तथा नियमितिरुपमा बजार अनुगमन कायण प्रारम्भ गरी गैर व्यवसायिक कृयाकलाप गर्ने ब्यवसायीेहरुलाई छानवीनको र कारवाहीको दायरामा ल्याउने कार्य शुरु भई अनुसन्धानको कार्य भईरहेको ।
८. महत्वपूर्ण केन्द्रिय, क्षेत्रिय पदाधिकारीहरुको भ्रमण तथा कार्यक्रमहरु सम्पन्न :

क. सूचना आयोगका आयुक्तको उपस्थितिमा सूचनाको हक सम्बन्धि अन्तरकृया
ख. उपभोक्ता हित संरक्षण मन्चका केन्द्रिय उपाध्यक्षको उपस्थितिमा दिप्रुङ गाउपालिकामा साचेतनामूलक कार्यक्रम ।
ग. अत्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त दीप बस्नेत तथा माननीय सदस्यको
अनुगमन भ्रमण तथा अन्तरकृयात्मक कायक्रण सम्पन्न
घ. निर्वाचन आयोगका प्रमुख आयुक्तको अनुगमन तथा समीक्षा भ्रमण ।
ङ. सवै सुरक्षा निकायका केन्द्रिय प्रमुखहरको निरिक्षण भ्रमण

९. कार्यालय विन्यास तथा सुधार :
क. कार्यालयहरुको मर्मत संहार तथा सफाई व्यवस्थापन
ख. निशुल्क वाईफाई ,सहयोग कक्ष ब्यवस्थापन, नियमित कार्यालय प्रमुखहरुको बैठक, सवै
सूचना अधिकारीहरुको विवरर्ण अध्यावधिकी, नियमित वेवसाईट अध्यावधिक कार्य गुनासो सुनुवाई आदि ।

जय खोटाङ     जय खोटाङ    जय खोटाङ    जय खोटाङ    जय खोटाङ   जय खोटाङ  जय खोटाङ

-एकदेब अधिकारी

प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको कार्यकाल समिक्षा हेर्न यहाँ क्लीक गर्नुहोस

कार्यसम्पन्न a

प्रकाशित मिति : मङ्लबार, बैशाख १८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology