मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

दिप्रुङ-चुईचुम्मा गाउँपालिकाका स्थानीयले गाउँमै पाए सेवा



दिप्रुङ-चुईचुम्मा गाउँपालिकाका स्थानीयले गाउँमै पाए सेवा

खोटाङ । दिप्रुङ- चुईचुम्मा गाउँपालिकाका चार सयभन्दा बढी नागरिकलार्ई गाउँमै गएर नागरिकता वितरण गरेको छ । बिहीबार दिप्रुङ– चुईचुम्मा गाउँपालिकाका–२ ओखे्रडाँडागाउँमा, शुक्रबार स.छितापोखरीमा र शनिबार बतासेमा घुम्ती शिविर सञ्चालन गरेर प्रशासनले चार सय ४४ जनालाई नागरिकता प्रदान गरेको हो ।

घुम्ती शिविरको अन्तिम दिन बतासेमा शनिबार राति ८ बजेसम्म नागरिकता प्रदान गरिएको प्रशासनले जनाएको छ ।
घुम्ती शिविरमार्फत महिला तथा बालबालिका कार्यालयले ६४ जना अपांगता भएकालाई अपांगता परिचयपत्र पनि वितरण गरेको जनाईएको छ ।

उनीहरूमध्ये २२ जनालाई पूर्ण अशक्त, २० जनालाई अशक्त र अन्य २२ जनालाई विभिन्न वर्गको परिचयपत्र वितरण गरिएको हो । यस्तै, मालपोत कार्यालयले पनि १३ जनालाई जग्गासम्बन्धी सेवा प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology