मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

चिनीमा यूरिया मिसाएर बेच्ने व्यवसायी पाण्डे विरुद्ध मुद्धा दर्ता !



चिनीमा यूरिया मिसाएर बेच्ने व्यवसायी पाण्डे विरुद्ध मुद्धा दर्ता !

खोटाङ । यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डे बिरुद्ध मुद्धा दर्ता भएको छ ।

सायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डे बिरुद्ध जिलला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको हो ।

पाण्डे भेराइटिज विरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुशारको मुद्धा दर्ता भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । मुद्धा दर्तासँगै व्यवसायी पाण्डेबाट २ लाख धरौटी मागिएको प्रशासनले जनाएको छ ।

एक ग्राहकले गत चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन राती ९ बजे पाण्डे भेराइटिजको पशल तथा गोदामलाई शिलबन्दी गरेको थियो ।

शिलबन्दी पशल तथा गोदामबाट प्रहरीले बैसाख ११ गते ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ । खाद्य पदार्थमा अखाद्यबस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ ।

प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology