मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

निशुल्क स्वास्थ्य शिबिरबाट १ हजार ८३८ जनाले लिए सेवा



निशुल्क स्वास्थ्य शिबिरबाट १ हजार ८३८ जनाले लिए सेवा

खोटाङ, बैसाख १५ । दिप्रुङ चुईचुम्मा गाउँपालिका खोटाङकोले आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिबिरमार्फत १ हजार ८३८ सर्वसाधारणले उपचार सेवा प्राप्त गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर –२ डाँडागाउँ ओख्रेमा बिहिबारदेखि शनिबारसम्म तीन दिन सञ्चालन गरेको बिशेषज्ञ सहितको निशुल्क बृहत स्वास्थ्य शिबिरमा स्त्री रोग भएका २०९ जना महिलाले उपचार सेवा पाएका छन् ।

यस्तै, बाल रोग सम्बन्धी ५१५, सर्जरी सम्बन्धी ५९४, नाक, कान र घाँटीको समस्या भएका १२० जना, आँखाका समस्या भएका १२४, मुख तथा दाँतका समस्या भएका १९६ जना र जनरल फिजिसियन सम्बन्धी ८० जनाको उपचार गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । शिबिर अवधिमा बिहानदेखि साँझसम्म शिबिरस्थलमा सेवाग्राहीको भीड लागेको थियो ।

स्वास्थ्य शिबिरकै अवशरमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका, मालपोत, नापी कार्यालयले पनि सेवा प्रवाह गरेको छ ।
महेन्द्रोद्धय माबिको प्रांगणमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिबिरमा स्त्री रोग, बाल रोग, हाडजोर्नी, नशा, नाक, कान, घाँटी, आँखा, दाँत र पेट सम्वन्धी रोगबाट पीडित सर्वसाधारणको निशुल्क स्वास्थ्य जाँच, उपचार एबं औषधि वितरण गरिएको प्रमुख राईले जानकारी दिनुभयो ।

क्याप्सन :  दिप्रुङ–चुईचुम्मा गाउँपालिका खोटाङले आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमार्फत सेवा लिदैं सर्वसाधरण  । तस्विर : पत्रकार दमन राई

प्रकाशित मिति : शनिबार, बैशाख १५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology