मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा खोटाङ आउँने !



कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा खोटाङ आउँने !

खोटाङ, १२ बैशाख  । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा खोटाङ आउँनुहुने भएको छ । दिप्रूङ चुईचुम्मा गाउँपालिका–२ ओख्रे डाँडागाँउमा तीन दिन संचालन हुने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम उद्घाटन गर्न थापा बैशाख १३ गते विहीवार खोटाङ आउँनुहुने भएको हो ।

दिप्रूङ चुईचुम्मा गाउँपालिकाको आयोजनामा बैशाख १३, १४ र १५ गते बरिष्ठ विशेषज्ञ चिकित्सकको टोलीद्धारा स्वास्थ्य शिविर आयोजना हुँदैछ ।
शिबिरमा स्त्री रोग, बालरोग, अर्थो, नशा, नाक, कान, घाँटी, आँखा, दात, पेट लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा सुविधा पालिकावासीले लिन पाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए ।

प्रकाशित मिति : बुधबार, बैशाख १२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology