मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

हलेसीमा माछापुच्छ्रे बैंकको साखा स्थापना हुने !



हलेसीमा माछापुच्छ्रे बैंकको साखा स्थापना हुने !

खोटाङ, १२ बैशाख । खोटाङमा माछापुच्छ्रे बैंक लिमिटेडको साखा स्थापना हुने भएको छ । स्थानीयको मागलाई ध्यानमा राखेर हलेसी तुवाचुङ नगरपालिकाको हलेसी बजारमा बैंकको साखा स्थापना हुने भएको हो ।

डिजिटल बैकिङ सूविधासहितको सेवा प्रदान गर्ने गरि बैंक लिमीडेडको को साखा स्थापना गर्न लागिएको बैंकका साखा प्रबन्धक खगेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैंकले धार्मिक तथा पर्यटकिय स्थल हलेसीमा आन्तरिक तथा बाह्रय पर्यटक र स्थानीयको सूविधाका लागि छिटो–छरितो सेवा उपलव्ध गराउँदै दैनिक सेवा सुरु गर्न लागेको हो ।

साखा स्थापनाका लागि सम्पूर्ण तयारी पूरा भईसकेको श्रेष्ठको भनाई छ । घर, विजुलीवक्ती, इन्टरनेटलगायतको व्यवस्थापन भइरहेको र आउँदो बैशाख २५ गतेभीत्रमा सेवा संचालन गर्ने तयारी गरिएको उनको भनाई छ ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ हलेसीबजारमा बैंक संचालनमा लागि वडा कार्यालय र नगरपालिकाको कार्यालयसंग पनि समन्वय भईरहेको जनाईएको छ । नयाँ प्रविधिसहितको ‘फुल प्लेज’को शाखा कार्याल रहने बैंकले बताईएको छ ।

सेवा संचालनसंगै बैंकले उपभोक्तालाई रेमिट सेवा, पोस सर्भिस, एटिएमलगायतका अत्याधुनिक डिजिटल सर्भिसहरुसहितको सेवा प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १२, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology