सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

डीप बोरिङको पानी हलेसीका स्थानीयको घर–घरमा !



डीप बोरिङको पानी हलेसीका स्थानीयको घर–घरमा !

उत्तम चौलागाँई
खोटाङ, बैसाख ११ । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसीका स्थानीयलाई डीप बोरिङ गरेर निकालिएको पानी वितरण गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल रहेको हलेसी तुवाचुङ नगर क्षेत्रमा डीप बोरिङ गरेर निकालिएको पानी वितरण गरिएको हो ।

हलेसी क्षेत्रको खानेपानी समस्या हल गर्नका लागि खानेपानी तथा सरसफाई सब–डिभिन कार्यालय खोटाङमार्फत हलेसी सुक्खाग्रस्त क्षेत्रमा सुरु गरिएको बृहत खानेपानी पम्पिङ योजना अन्तरगत हलेसीमा डीप बोरिङ गरिएको हो ।

करिब १४ लाखको लागतमा पूरा भएको डीप बोरिङ योजनाबाट निकालिएको भूमीगत पानी नजिकै ट्यांकीमा जम्मा गरेर मोटरमार्फट लिफ्ट गरेर मोठडाँडा र माल्खुडाँडामा निकालेर ट्यांकीमै जम्मा गरेपछि हलेसी बजारमा बितरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनले भने,“ डिप बोरिङ परिक्षणका लागि गरिएको थियो, अव सफल भईयो, सवै सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङमार्फत पानी निकालेर खानेपानीको समस्या हल गर्न सकिनेछ ।” हाल रानीपोखरी नजिकबाट जमिन छेडेर निकालिएको पानी वितरण सुरु गरिएको छ ।

डिप बोरिङबाट प्रतिसेकेन्ड १० लीटर पानी ट्याङकीमा जम्मा हुने गरेको छ । डिप बोरिङ प्रविधिलाई व्यवस्थापन गर्न सकेको खण्डमा ७५ प्रतिशत माग धान्न सकिने मेयर राईले बताए ।

प्रकाशित मिति : मङ्लबार, बैशाख ११, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology