लफ्याङका बिद्यायलमा शैक्षिक कार्ययोजना लागु !

?

खोटाङ, ११ बैशाख । वडामा रहेका सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै सामुदायिक बिद्यालयप्रतिको आकर्षण बृद्धिकाका लागि वडा कार्यालय लफ्याङले शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङले वडामा रहेका एक वटा माबि, एक वटा आधारभुत विद्यालय, तीन वटा प्रावि र सात वटा बाल बिकास केन्द्रलाई बोर्डिङ स्कुलको बिकल्पकारुपमा बिकास गर्नका लागि शैक्षिक कार्यायोजना तयार पारेर कार्ययोजना लागु गरेको हो ।

बैसाख ७ गतेसम्म भर्ना अभियान एबं पाठ्यापुस्तक वितरण अभियान सञ्चालन भएको वडामा आगामी बैसाख २१ गते नेपाली र २८ गते अंग्रेजीमा हस्तलेखन प्रतियोगीता, जेठ ४ गते दैनिकी लेखन, जेठ ११ गते प्रतिबेदन लेखन, जेठ १८ गते समाचार लेखन लगायतका कार्यायोजना बनाइएको वडा अध्यक्ष निर्मल राईले बताए ।

राईका अनुसार, असार ६ गतेदेखि १४ गतेसम्म पहिलो त्रैमासिक परिक्षा, असार १५ गते बृक्षारोपण, साउन १८ गते प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, भदौ १ गते करेसाबारी निर्माण, असोज ११ गते आन्तरिक शैक्षिक भ्रमण, असोज १८ गते वडामा उपलव्ध जडिबुटी संकलन र प्रवद्र्धन, मंसिर ६ गते सञ्चारका विषयमा शिक्षण, मंसिर २२ गते कृषि उपज बिक्री कार्यक्रम, पुस ४ गतेदेखि १३ गतेसम्म दोश्रो त्रैमासिक परिक्षा, माघ ११ गते चित्रकला र अन्तर बिद्यालय हस्तलेखन, फागुन १७ गते ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव आदान प्रदान कार्यक्रम राखिएको छ ।

वर्षका अन्तिममा चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार लगायतका कार्ययोजना तयार पारेर कार्यान्वयन सुरु गरिएको छ ।

यस्तै, वर्षभरीको मूल्यांकनका आधारमा वडा शिक्षा समितिले सालपीदेबी प्राबिकी शिक्षिका सुस्मा राई र छात्रा सुदिक्षा अधिकारी, बालबिकास प्राबिकी शिक्षीका जुरनकुमारी राई र छात्रा सुजता राई, जनचेतना आधारभुत बिद्यालयका शिक्षक सुजनकुमार बजिमय र छात्र मनोज राई, श्रीमाबि बाँसबोटेका शिक्षक ज्ञानेन्द्रकुमार राई, छात्रा शिक्षा राई र इन्द्रबहादुर राई तथा शारदा प्राबिकी छात्रा आशाकुमारी तामाङलाई सम्मान गरेको छ । उत्कृष्ट बिद्यालयको सम्मान भने सालपीदेबी प्राबिले पाएको छ ।