प्रशंसानिय कार्य : दुई बालिकालाई जिसस प्रमुख र सिडिओको अभिभावकत्व प्रदान !

?

खोटाङ, ११ बैशाख । खोटाङको लफ्याङका दुई बालिकाले जिल्ला समन्वय समितिका प्रमुख र सिडिओको अभिभावकत्व पाएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेमा कक्षा ५ मा अध्ययनरत शिलिमिका राई र कक्षा ८ मा अध्ययनरत अनुशा श्रेष्ठले उच्च शिक्षासम्मको अध्ययनका लागि अभिभाबकत्व गरेका हुन् । गत वर्ष बाबु गुमाएकी शिलिमिकाको अभिभाबकत्व जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ तथा आमा–बाबु विहिन बनेकी अनुशाको अभिभाबकत्व प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले लिएका हुन् ।

श्रीमाबि बाँसबोटेको प्रांगणमा मंगलबार भएको कार्यक्रममा जिसस प्रमुख चामलीङ र प्रजिअ अधिकारीले दुई बालिकालाई पोशाक, पुस्तक, कापी, जुत्ता लगायत प्रदान गर्दै अभिभाबकत्व ग्रहण गर्नु भएको हो ।

आर्थिक अवस्था, पारिवारिक अवस्था लगायतको अवस्थालाई मूल्यांकन गरेर दुई बालिकाको अभिभाबकत्व ग्रहण गराइएको विद्यालयले जनाएको छ । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष बिकास राईले पनि कक्षा ८ सम्म एक विद्यार्थीको अभिभाबकत्व ग्रहण गर्ने घोषणा गरे ।

क्याप्सन : बालिकालाई अभिभाबकत्व प्रदान गर्दै प्रजिअ अधिकारी (दायाँ) र जिसस प्रमुख चामलीङ (बाँया) तस्विर : उत्तम चौलागाँई