प्रदेश नम्बर एकलाई मुलुककै नमूना बनाईन्छ : मूख्यमन्त्री राई

खोटाङ, बैसाख १० । मूख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एकलाई मुलुककै नमुना बनाईने बताउँनुभएको छ । सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर बिकास योजनाको मस्यौदा सार्वजनिकीकरण गर्दै मूख्यामन्त्री राईले राईले हिमाल, प्राकृतिक, धार्मिक तथा ऐतिहासिक श्रोतका कारण प्रदेश नम्बर १ लाई संबृद्ध बनाउने प्रशस्त सम्भावना रहेको उल्लेख गर्नु भएको हो ।

हेलीकोप्टरबाट दिक्तेल आउनुभएका मूख्यामन्त्री राईले प्रदेशले नमूना प्रदेश बनाउने संकल्पका साथ काम सुरु गरेको बताउनु भएको छ । कृषि, पर्यटन, जलश्रोत र उद्योगको बिकास गर्दै प्रदेशलाई नमूना बनाउने संकल्पकासाथ अघि बढेको मूख्यामन्त्री राईको भनाई थियो । मूख्यामन्त्री राईले रुद्राक्ष, चिया, लालीगुराँसको राजधानीकारुपमा रहेको तथा हलेसी, पाथीभरा लगायतका धार्मिक तथा पर्यटकीय स्थलका कारण प्रदेशको भविष्य उज्ज्वल रहेको बताउनु भयो ।

दिक्तेलमै भएको अर्को कार्यक्रममा मूख्यामन्त्री शेरधन राईले बिकास र संबृद्धिको एक मात्र गन्तव्यमा देश आइपुगेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा मूख्यमन्त्री राईले संबिधानसभाको निर्वाचन, संबिधान निर्माण लगायतका चरण पार गर्दै देशले बिकास र संबृद्धिको यात्रा तय गरेर संबृद्धि र बिकासको एजेण्डामा केन्द्रित भएको बताउनुभएको हो ।