मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

पौडी खेल्दा सुनकोसी नदिमा डुबेर एक युवकको ज्यान गयो !



पौडी खेल्दा सुनकोसी नदिमा डुबेर एक युवकको ज्यान गयो !

खोटाङ, बैसाख ९ । पौडी खेल्नेक्रममा नदीमा डुबेर खोटाङमा एक युवकको ज्यान गएको छ । पिकनिक गएको समयमा पौडी खेल्नेक्रममा सुनकोसीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका १७ वर्षीय दयन्द्र राईको मृत्यु भएको हो ।

शनिबार दुर्छिमको हैदेबगारबाट नदीले बेपत्ता बनाएको युवाको शव आईतबार दुर्छिमकै बतासेघाटमा शव फेला परेको प्रहरीले जनाएको छ ।

गर्मी भएपछि पौडी खेल्नका लागि भन्दै नदीमा गएका राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए ।

प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology