मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

आफ्नै नातिनी बलात्कार गर्ने हजुरवालाई ९ वर्ष कैंद र ५० हजार क्षतिपूर्तिको सजाय !

  • प्रभाब न्युज
  • समाज
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०७५


आफ्नै नातिनी बलात्कार गर्ने हजुरवालाई ९ वर्ष कैंद र ५० हजार क्षतिपूर्तिको सजाय !

खोटाङ ७ बैशाख । आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत खोटाङले हुरवालाई ९ वर्ष कैंद सजाय तोकेको छ ।

नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो ।

गत असार २ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा असार ९ गते पक्राउ परेका हजुरबालाई जिल्ला अदालतका न्यायधिश किशोर घिमिरेको एकल इजालसले कैंद तथा जरिवानाको सुजाय सुनाएको हो ।

हाडनाता सम्बन्धी करणी मुद्दा भएकाले अदालतले पीडक र पीडितको नाम गोप्य राखेको छ । पीडित बालिकाको असार ९ गते नै जिल्ला अदालतमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology