मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

सर्वाधिक धनराशिको अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण हुने !

  • प्रभाब न्युज
  • खेलकुद
  • प्रकाशित मिति : बुधबार, बैशाख ५, २०७५


सर्वाधिक धनराशिको अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण हुने ! ?

खोटाङ, बैशाख ५ । अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण आगामी वैशाख अन्तिम साताबाट हुने भएको छ । ३ लाख १६ हजार ६६६ धनराशिको रहेको गोल्डकप आगामी वैशाख २६ गतेदेखि ३१ गतेसम्म हुने भएको हो ।

व्यवसायिक खेलाडी उत्पादन गर्दै फुटबलको व्यवसायिकरणका लागि दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११, उपविजेता टिमले नगद ७५ हजार ५५५ र दुई सेमिफाइन लिस्टले नगद २५–२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खोटाङ उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट डिफेन्डर, मिडफिन्डर, गोल रक्षक, स्ट्राईकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुनामेन्ट लगायत ८ विधालाई जनही ५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको आयोजक माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए ।
‘खोटाङ जिल्लाको व्यवसायिक फुटबलको विकास, पर्यटन र व्यापार प्रवद्र्धन हाम्रो प्रयास’ भन्ने नारासहित करिव २५ लाख ४१ हजारको लागतमा प्रतियोगिता गर्न लागिएको जनाईएको छ ।

गोल्डकप प्रतियोगितामा जिल्लाभित्रका उत्कृष्ट ९ टिम र जिल्ला बाहिरका पाँच टिमलाई अनिवार्य सहभागीता गराउने तयारी पनि गरिएको छ ।
२०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा अनुप स्मृति गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको माउण्ट एभरेष्ट वोर्डिङ स्कुल दिक्तेलले जनाएको छ ।

खेललाई थप मर्यदित बनाउँनका लागि सहयोगी दाता, सुभेच्छुकहरुसंग सहयोगको लागि अनुरोध पनि गर्ने आयोजकको भनाई छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ५, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology