मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

आइपिएल – १६ खेलमा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

  • प्रभाब न्युज
  • खेलकुद
  • प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५


आइपिएल – १६ खेलमा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

वैशाख १, काठमाडौँ | भारतको सर्वाधिक लोकप्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइपिएलका १६ खेलमा सनराइजर्स हैदरावाद सबैभन्दा बढी अंकले अग्र स्थानमा छ | सबै टिमले २/२ खेल खेल्दै आफ्नो स्कोर जम्मा गर्ने क्रममा हैदरावाद र चेन्नईले २ खेलमा दुवै खेलमा सफलता पाएका छन् | जसको कारण समान पोइन्ट भएपनि रनरेटको आधारमा हैदरावाद सबैभन्दा शिर्ष स्थानमा छ |

त्यस्तै हैदरावाद र चेन्नईपछी रन रेटको आधारमा क्रमश १/१ खेलमा जित्दै कोलकाता नाइट राइडर्स, किंग्स इलावेन पंजाव, रोयल च्यालेन्जर्स ब्यांग्लोर र राजस्थान रोयल्सको समान २/२ अंक रहेको छ | खेलमा दुईमा दुवै खेलमा पराजित बनेका मुम्बई इन्डीएन्स र दिल्ली डेयरडेभल्स क्रमश सातौँ र आठौँ स्थानमा छन् |

उत्कृष्ट ब्याट्सम्यानहरु:-  

आइपीएलमा अहिलेसम्म बेस्ट ब्याट्सम्यान अन्तर्गत अरेन्ज क्याप सनराइजर्स हैदरावादका शिखर धावनले पाएका छन् उनले सर्वाधिक १२३ रन ल्याएका छन् | उनलाई कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले १०३ रन ल्याई पछ्याईरहेका छन् भने तेश्रो स्थानमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले १०१ रन पाएका छन् |

आइपीएलका १६ खेलमा अहिलेसम्म सर्वाधिक छक्का हान्नेमा कोलकात्ता नाइट राइडर्सका आन्द्रे रुसेलले १२ छक्का प्रहार गरेका छन् | उनले यस पटकको आइपिएलमा एकै खेलमा सर्वाधिक ८८ रन जोडेर सर्वाधिक हाइ-स्कोर बनाउनेमा पनि आफ्नो नाम लेखाएका छन् | त्यस्तै दोश्रोमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले ९ छक्का र तेश्रो स्थानमा चेन्नई सुपर किंग्सका द्वाने ब्राभोले ८ छक्का हानेका छन् |

उत्कृष्ट बलरहरु:- 

आइपीएलमा बलर अन्तर्गत सर्वाधिक विकेट लिनेमा मायाँक मर्कंडेले तीन रेकर्ड राखेका छन् | मार्कंडेले २ खेलमा ७ विकेट, बेस्ट बलिङ फिगर र बेस्ट बलिङ एभरेजमा आफुलाई शिर्ष स्थानमा राखेका छन् | यस्तै बलिङ तर्फ बेस्ट इकोनोमी र बेस्ट डटबलको रेकर्ड रशिद खानले राखेका छन् | खेलमा रसिदले २७ डट्स बल खेलेका छन् |

प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology