सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

मिसावट भएको चिनी भेटिएपछि पशल शिलबन्दी



मिसावट भएको चिनी भेटिएपछि पशल शिलबन्दी

खोटाङ, बैसाख १– मिसावट भएको चिनी भेटिएको गुनासोपछि खोटाङको दिक्तेलस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्समा प्रशासनले शिलबन्दी गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको भेटिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयका नासु लिलाबहादुर बिश्वकर्मा नेतृत्वको टोलीले उद्योग बाणिज्य संघका पदाधिकारीको रोहबरमा शुक्रबार राती पशल तथा गोदाम शिलबन्दी गरेको हो ।
प्रशासनले चिनीमा मिसावट भए÷नभएको अनुसन्धानका लागि पाण्डे भेराइटिजको गोदाम र पशल शिलबन्दी गरेको हो । तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने विषय अनुसन्धानपछि मात्र पूष्टी हुने प्रशासनले जनाएको छ । सूचनाका आधारमा प्रहरी पुग्नु अगाडि मिल्काउनका लागि पठाउन लागिएको साँढे तीन बोरा चिनी र ना ५ ख ७१

३० नम्बरको ट्रक सामुदायीक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ । ट्रकमा फेला परेको चिनीको बोरामा समेत शिलबन्दी गरिएको प्रशासनका नासु बिश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology